एजेन्सी। भारतमा पब्जी खेल्न नपाएपछि आक्रोशित १६ वर्षीय छोराले आमालाई गोली हानेर हत्या गरेका छन्। लखनउका एक किशोरले आफ्नै आमा साधनाको हत्या गरी तीन दिनसम्म आमाको शव घरमै लुकाएर राखेका थिए।
हत्यापछि उनले घरमै शव लुकाएर राखेका थिए। हत्याको पछिल्लो दिन आइतबार उनी आफ्ना एक जना साथीलाई घरमा बोलाएर बसेका थिए। अनलाइनमा गरेर खाना अर्डर गरे। डिनर पछि ल्यापटपमा फिल्म हेरे।
साथीले आमाको बारेमा सोध्दा हजुरआमाको स्वास्थ्य खराब रहेकाले बाहिर गएको उनले बताएको खुलेको छ। हत्या भएको तीन दिनपछि अर्थात् सोमबार राति अर्का साथीलाई घरमा बस्न बोलाएका थिए। दुवैले सँगै खाना पकाएर खाए। पब्जी खेले। त्यतिन्जेल शव सड्न थालेर दुर्घन्ध आउन थालेको थियो। मंगलबार बिहानै उनका साथी घरबाट भागेको खुलेको छ।
मंगलबार राति दुर्घन्ध फैलिन थालेपछि ती किशोर आफैले बुवा नवीनकुमार सिंहलाई भिडिओ कल गरी भिडिओमा शव देखाएर जानकारी गराएपछि घटना बाहिरिएको हो। नवीन वाराणसीमा सेनाका एक जुनियर कमिसनरका रूपमा आवद्ध छन्। उनको पोस्टिङ पश्चिम बंगालमा छ।
लखनउमा उनकी श्रीमती साधना छोरा र १० वर्षिया छोरीसहित बस्दै आएकी थिइन्।
किशोरको मोबाइलमा गेम खेल्ने बानी थियो। एडीसीपी काशिम अब्दीका अनुसार साधनाले गेम खेल्नबाट रोकेपछि छोराले गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्यसपछि बहिनीलाई धम्की दिएर उनले शव राखेको कोठामै थुनेर राखेका थिए।
Facebook Comment
Comment