त्रिविले फेरि रुक्सना कपालीको रजिस्ट्रेसन फारम अस्वीकृत गर्‍यो

कपाली पारलैंगिंक (ट्रान्सजेन्डर) महिला भएका कारणले टियुले फारम अस्वीकृत गरेको हो।

नेपालभ्युज

त्रिविले फेरि रुक्सना कपालीको रजिस्ट्रेसन फारम अस्वीकृत गर्‍यो

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले क्वेर अभियन्ता रुक्सना कपालीको स्नातक तहको रजिस्ट्रेसन फारम पुन: अस्वीकृत गरेको छ।

त्रिविको आंगिक कलेज त्रिचन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएकी कपाली पारलैंगिंक (ट्रान्सजेन्डर) महिला भएका कारणले फारम अस्वीकृत गरिएको भन्दै उनले ट्विट गरेकी छिन्।

उनले लेखेकी छन्, ‘‘आज त्रिचन्द्र बहुमुखी क्याम्पसमा मेरो फारम स्वीकृत गरेन। यहाँहरूलाई पहिले नै थाहा भएअनुसार, म टियुमा २०७४ मा क्याम्पस भर्ना भएँ। मलाई रजिस्ट्रेसन नम्बर प्रदान गरिएन।’’

No description available.

२०७४ मा त्रिभुवन विश्वविद्यालयमा भर्ना भएर रजिस्ट्रेसन नम्बर नपाएपछि उनले राष्ट्रिय परीक्षा बोर्डमा आफ्नो नाम र लिंग सच्चाउन निवेदन दिइन्। तर बोर्डले उनको नाम र लिंग सच्चाउन मानेन।

उनको एसएलसीको सर्टिफिकेटमा पुरुष र प्लस टुको सर्टिफिकेटमा महिला लेखिएको हुनाले यस्तो अवरोध आएको हो। बोर्डले सच्चाए मात्र त्रिविले सच्चाउने अडान लिएर बसेको छ।

विश्वविद्यालयले रजिस्ट्रेसन नम्बर नदिएपछि उनले २०७७ मा सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्।

अहिले उनको मुद्दा अदालतमा विचाराधीन छ। २०७८ भाद्रमा बसको इजलासले अन्तरिम आदेश दिएन। २ माघ २०७८ मा पेशी तोकिए पनि निर्णय नदिई २० असारमा अर्को मिति तोकेको छ। तर त्रिविले रजिस्ट्रेसन फारम भर्ने अन्तिम मिति जेठ मसान्तसम्मलाई तोकेको छ।

अदालतले त्रिविको शैक्षिक सत्र नहेरी अर्को मिति तोकिदिँदा उनको अध्यननमा पुन: रोक लागेको हो।

उनले त्रिविमा पढ्न नपाएपछि पूर्वाञ्चल विश्वविद्यालयमा कानुन संकायमा भर्ना गरिन्। तर त्रिविले जस्तै पूवाञ्चलले पनि अस्वीकृत गरेको छ।

उनी ६ वर्षदेखि संविधानले दिएको लैंगिक पहिचानको अधिकारबाट वञ्चित छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved