अछाम घटनाका दोषीलाई कारबाही गर्न सभामुखको निर्देशन

सभामुख अग्नि सापकोटाले अछाम घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएका छन्।

नेपालभ्युज

अछाम घटनाका दोषीलाई कारबाही गर्न सभामुखको निर्देशन
फाइल तस्वीर

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले अछाम घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएका छन्।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाही शनिबार बिहान मृत भेटिएका थिए। उनी पञ्चदेवल विनायक–४ कै कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा मृत फेला परेका थिए।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ तर दोषी पक्राउ परेका छैनन्। बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएका हुन्।

वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनका दिन सो नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो।चुनावको विषयलाई लिएर कालिकास्थानमा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको झडपपछि उनी बेपत्ता भएका थिए।

एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताबाट शाहीको हत्या भएको आरोप लगाएका छन्। केही स्थानीय कांग्रेस नेताहरूको नाममा किटानी जाहेरी समेत दिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved