रोजगार मन्त्रालयको नाम फेरेर ‘बेरोजगार मन्त्रालय’ राखौँ : सांसद पौडेल

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले युवाहरूलाई रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन सरकारसँग माग गरेकी छन्।

नेपालभ्युज

रोजगार मन्त्रालयको नाम फेरेर ‘बेरोजगार मन्त्रालय’ राखौँ : सांसद पौडेल

काठमाडौं। राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले युवाहरूलाई रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन सरकारसँग माग गरेकी छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद पौडेलले श्रम तथा रोजगार मन्त्रालयले नागरिकको अपेक्षाअनुरुप काम गर्न नसकेको टिप्पणी गरिन्। उनले मन्त्रालयको नाम फेर्न समेत सुझाव दिएकी छन्।

‘‘हाम्रो जस्तो मुलुकमा हेर्ने हो भने श्रम बेरोजगार मन्त्रालय राख्ने हो भने सुहाउँदो हुन्थ्यो कि ! यो मन्त्रालयले युवा शक्तिलाई सिप र तालिम दिएर उसलाई विकासमा जोडेर लैजानुपर्ने थियो। तर यस्तो छैन। युवाहरु विदेश पलायन हुन बाध्य भएका छन्’’, उनले भनिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved