काठमाडौं। अब रक्त क्यान्सरको उपचार नेपालमै सम्भव भइसकेको हेमाटोलोजिस्ट डा निरजकुमार सिंहले बताएका छन्।
आइतबार वीर अस्पतालमा क्यान्सर सर्भाइभर्स डेको अवसरमा आयोजित कार्यक्रममा डा सिंहले अब नेपालमै रक्त क्यान्सरको उपचार सम्भव भइसकेको बताए। उनले देशकै जेठो अस्पतालका रुपमा चिजिनउिको वीर अस्पतालमा पनि अब बनम्यारो ट्रान्सप्लान्टबाहेक रक्त क्यान्सरको सबै उपचारहरू गरिरहेको बताए।
त्यस्तै, वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भूपेन्द्र कुमार बस्नेतले वीरसँगै रक्त क्यान्सरको उपचारका लागि पनि स्तरोन्नति गर्ने काम गरिहेको बताए।
वीर अस्पताललाई नेपाली नागरिकको अस्पताल, विपन्नको अस्पताल बनाउने काम भइरहेको समेत डा बस्नेतले बताए।
नेपालमा भएका सबै रक्त क्यान्सर बिरामीले भारतमै गएर उपचारु गर्न सक्ने अवस्था नदेखेपछि आफू नेपालमै आएर निःशुल्क उपचार सेवा दिरहेको भारतस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका हेमाटो अंकोलोजी एण्ड बोनम्यारो ट्रान्सप्लान्टका निर्देशक डा दिनेश भुरानीले कार्यक्रममा बताए।
डा भुरानीले भारतबाट आएर निःशुल्क रुपमाा रक्त क्यान्सर लागेका बिरामीहरूलाई सेवा दिएको भन्दै वीरका निर्देशक डा बस्नेतले आभार व्यक्त गरे।
त्यस्तै कार्यक्रममा बोल्दै वरीष्ठ क्यान्सर तथा छाति रोग विशेषज्ञ डा मदनकुमार पियाले कुनै पनि क्यान्सर लाग्दैमा मरिहालिन्छ भनेर सोच्नु गलत रहेको व्यक्त गरे।
अब नेपालमै सम्पूर्ण क्यान्सरको उपचार सम्भव भइसकेकाले क्यान्सर लाग्यो भन्दैमा ख नआत्तिन आग्रह गरे।
Facebook Comment
Comment