सुदूरपश्चिममा पूर्वाधार र आर्थिक विकास गर्नुपर्छ : प्रधानमन्त्री देउवा

नेपालभ्युज

सुदूरपश्चिममा पूर्वाधार र आर्थिक विकास गर्नुपर्छ : प्रधानमन्त्री देउवा
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै सुदुरपश्चिम क्षेत्रको पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित सुदुरपश्चिमाञ्चल सरोकार मञ्चको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सुदुरपश्चिममा बिकासका धेरै सम्भावना रहेको भन्दै प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने बताए। प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै युवाहरुलाई स्वदेशमा नै रोजगारी प्रदान गर्नुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री देउवाले भौगोलिक विकटता लगाएतका कारणले सुदुरपश्चिम पछाडी परेका कारण त्यस क्षेत्रका युवाहरु रोजगारका लागि भारत जान बाध्य भएको उनको भनाइ छ। त्यस्तै उनले सुदुरपश्चिमलाई बिकासको हब बनाउनका लागि दोधरा चाँदनीमा ड्राइपोर्ट आवश्यक रहेको धारणा राखे।

प्रधानमन्त्री देउवाले मुलुकमा पछि परेका स्थानमा समान विकासका लागि सवैको सहकार्य आवश्यकतामा जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved