काठमाडौं । उन्नत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने भारतको अपोलो अस्पतालले नेपालमा फोक्सो तथा मुटु प्रत्यारोपणसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ।
काठमाडौंको र्याडिसन होटलमा आयोजना गरिएको कार्यक्रममा इन्द्रप्रस्थ अपोलो अस्पतालका पल्मोनोलोजी विभाग, क्रिटिकल केयर एण्ड स्लीप मेडिसिन विभागका वरीष्ठ सल्लाहकार डा एमएस कँवर, अपोलो हस्पिटल, नयाँ दिल्लीका कार्डियक इलेक्ट्रोफिजियोलोजिष्ट र इन्टरभेन्शनल कार्डियोलोजिस्ट, वरीष्ठ सल्लाहकार डा.वनिता अरोरा तथा कार्डियोथोरासिक मृटु तथा फोक्सो प्रत्यारोपण शल्यक्रिया विशेषज्ञ डा. मुकेश गोयलको सहभागिता रहेको थियो।
कार्यक्रममा फोक्सो र मुटु रोगका जटिलताहरू र भारतमा उपलब्ध उन्नत स्तरको उपचार मोडेलहरूबारे जानकारी गराइएको थियो।
अन्तरक्रियात्मक कार्यक्रममा इन्द्रप्रस्थ अपोलो अस्पतालका पल्मोनोलोजी, क्रिटिकल केयर र स्लीप मेडिसिन विभागका वरिष्ठ सल्लाहकार डा एम एस कँवरले भने, “फोक्सो प्रत्यारोपण भनेको शल्यक्रिया मात्र होइन, आईपीएफ, सीओपीडी, एम्फिसेमा, कोविड फाइब्रोसिस, पल्मोनरी हाइपरटेन्सन र अन्य यस्ता विविध अन्तिम चरणको फोक्सो रोगका बिरामीहरूको स्वास्थ्य अवस्थालाई स्थिर राख्दै फोक्सोको प्रत्यारोपण अघि गरिने व्यापक पूर्व तयारी कार्यबाट सुरु हुने प्रक्रिया हो। यसमा फोक्सोको सामान्य पुनर्स्थापना, अधिकतम अक्सिजन थेरापी र सकारात्मक दबाब भेन्टिलेसन(positive pressure ventilation), ECMO आदि समावेश छ। फोक्सो प्रत्यारोपण शल्यक्रिया जटिल छ। यसको जटिलता भनेको शल्यक्रिया पछिको तत्काल र दीर्घकालीन हेरचाह पनि हो।”
विकसित मुलुकहरूमा दशकौंदेखि लोकप्रिय रहेको फोक्सो प्रत्यारोपण अहिले भारतमा पनि तुलनात्मक परिणामसहित उपलब्ध भएको उनले बताए। “विभिन्न मुलुकका अन्तर्राष्ट्रिय बिरामीहरू हाल इन्द्रप्रस्थ एपोलो अस्पतालमा हाम्रो निगरानीमा उपचारारर्थ छन् तथा फोक्सो प्रत्यारोपणको लागि उनीहरू नयाँ दिल्ली स्थित हाम्रो अस्पतालमा पालो पर्खिरहेका छन् जसमा अधिकांश दुवै फोक्सो प्रत्यारोपणकालागि प्रतीक्षारत छन्,”डा कँवरले भने।
मिर्गौला, कलेजो तथा बोनम्यारो प्रत्यारोपणमा एक अग्रणी केन्द्रको रुपमा रहँदै आएको इन्द्रप्रस्थ अपोलो अस्पतालले अब मुटु प्रत्यारोपण पनि सम्पन्न गरेको छ। इन्द्रप्रस्थ अपोलो हस्पिटल, नयाँ दिल्लीका कार्डियक इलेक्ट्रोफिजियोलोजिस्ट र इन्टरभेन्शनल कार्डियोलोजिस्ट, वरीष्ठ सल्लाहकार डा. वनिता अरोराका अनुसार, देब्रे मुटुले काम नगर्ने अधिकांश (LV dysfunction) बिरामीहरूको उच्च मृत्युको कारण या त मुटुको पम्प फेल हुन्छ या अचानक कार्डियक अरेस्ट हुन्छ।
यस्तो अवस्थामा सावधानीपूर्वक जाँच गरेपछि कार्डियक रिसिंक्रोनाइजेसन थेरापी उपकरण –Cardiac Resynchronization Therapy Device) वा स्वचालित प्रत्यारोपणयोग्य डिफिब्रिलेटर उपकरणहरू-Automatic Implantable Defibrillator Devices1)प्रत्यारोपण गरेर बिरामीहरूलाई बचाउन सकिन्छ।
दुवै उपकरणहरू एउटै उपकरण(Combo Device)मा समेत उपलब्ध छन्। तिनीहरूले जीवनको गुणस्तर सुधार गर्छन् र बिरामी लामो समयसम्म बाँच्न सक्छन्। बिरामीहरूमा यी उपकरणहरू राखेपछि उनीहरूलाई प्रत्यारोपणको सूचीबाट हटाइन्छ यद्यपि, यस्ता बिरामीहरूको चयन भने सावधानीपूर्वक गर्नुपर्छ।
“कमजोर मुटु भएका बिरामीहरूमा प्रयोग गरिने अर्को विशेष उपचार प्रकृया भनेको फिजियोलोजिकल पेसिङ हो, जहाँ मुटुमा विद्युतीय बाइपास गर्न तल्लो चेम्बरमा लिड राखेर दुवै चेम्बरमा पेसमेकर प्रयोग गरिन्छ। यसले मुटुको कार्यमा व्यापक सुधार गर्छ। यद्यपि, यी सबै उपकरणहरू प्रशिक्षित हातहरूमा हुनुपर्छ,” उनले भनिन्।
त्यसैगरी फोक्सो बिरामीका बारेमा जानकारी दिँदै इन्द्रप्रस्थ अपोलो अस्पताल, नयाँ दिल्लीका सिनियर कन्सल्टेन्ट कार्डियोथोरासिक एण्ड हार्ट एिन्ड लङ ट्रान्सप्लान्ट सर्जरी डा मुकेश गोयलले भने,“फोक्सोको दीर्घकालिन बिरामीभएर बाँच्नु बिरामी र परिवारका लागि निकै कष्टकर तथा खर्चिलो हुन्छ। उपचार विधिको रूपमा फोक्सो प्रत्यारोपणले अन्तिम चरणको फोक्सो रोगबाट पीडित बिरामीको जीवनको गुणस्तर सुधार गर्न सक्छ। फोक्सो प्रत्यारोपण पछि, बिरामीहरूले गुणस्तरीय जीवनको आनन्द लिन सक्छन्। प्रविधिको विकासले बिरामी तथा फोक्सो दाता बीचको खाडललाइ कम गर्दै लगेको छ भने प्रत्यारोपणपछि हुने जटिलताहरूलाई रोक्न समेत मदत गरेको छ। अन्तिम चरणको फोक्सोको रोगका लागि उपलब्ध विशेष सर्जिकल प्रविधिहरूबारे जनतामा चेतना बढ्दै गएका कारण फोक्सोको रोगका कारण हुने मृत्युदर घटाउन विज्ञहरूलाई सहज भएको छ।”
तसर्थ, रोगीहरूले नियमित स्वास्थ्य जाँचको सन्दर्भमा लापरवाही गर्नु नहुने उनले बताए। “आज भारतमा सबैभन्दा जटिल फोक्सो र मुटु रोगहरूको उपचारको लागि उत्कृष्ट उपचार विधिहरू उपलब्ध छन्। त्यसैले जटिल रोग लाग्ने डरले गर्दा बिरामीहरू स्वास्थ्य जाँच नै नगराउने हिचकिचाहट मुक्त हुनुपर्छ। प्रारम्भिक उपचार गरिएको रोगले बिरामीको ठीक हुने सम्भावना उच्च रहन्छ र यसले राम्रो परिणाम दिन्छ,” उनले थपे।
इन्द्रप्रस्थ अपोलो अस्पताल
इन्द्रप्रस्थ अपोलो अस्पताल, भारतको पहिलो जेसीआई मान्यता प्राप्त अस्पताल हो। १९९६ जुलाईमा शुरु गरिएको यो स्वास्थ्य संस्था दिल्ली सरकार र अपोलो अस्पताल इन्टरप्राइज लिमिटेड बीचको संयुक्त उद्यम हो।
अपोलो अस्पताल समूह द्वारा स्थापित यो तेस्रो सुपर–स्पेशियालिटी केयर अस्पताल हो। १५ एकड क्षेत्रमा फैलिएको,यो अस्पतालमा ३०० भन्दा बढी विशेषज्ञ र ७०० भन्दा बढी अपरेशनल बेड, १९ अपरेशन थिएटर, १३८ आईसीयू बेड, चौबीसै घण्टा फार्मेसी, ल्ब्द्यी मान्यता प्राप्त प्रयोगशालाहरू, २४ सै घन्टा आपतकालीन सेवाहरू र एक सक्रिय एयर एम्बुलेन्ससहित ५७ विशेषताहरू छन्।
दिल्लीको अपोलो अस्पतालभारतमा मृगौला र कलेजो प्रत्यारोपणमा अग्रणी अस्पतालाको रुपमा रहेको छ। भारतमा पहिलो सफल बाल र वयस्क कलेजो प्रत्यारोपण इन्द्रप्रस्थ अपोलो अस्पतालमा गरिएको थियो। चिकित्सा प्रविधि र विशेषज्ञतामा अग्रणी रहेको अपोलो अस्पतालले आफ्ना बिरामीहरूको हेरचाहमा नवीनतम चेकजाँच पद्धति तथा औषधोपचार तथा शल्य चिकित्सा सुविधाहरू प्रदान गर्दै आएको छ।
६४ स्लाइस सीटी र ३ टेस्ला एमआरआई, नोभालिस टीएक्स र एकीकृत पेट सुइटको परिचय दिएर अस्पतालले भारतमा सबैभन्दा परिष्कृत इमेजिङ प्रविधि भित्र्याएको छ। इन्द्रप्रस्थ अपोलोले रोगनिवारक स्वास्थ्य जाँच कार्यक्रमको अवधारणालाई पनि अगाडि बढाएको छ र दशकौंदेखि सन्तुष्ट ग्राहक समुह सिर्जना गरेको छ। द विक सर्वेक्षणले विगत केही वर्षदेखि अस्पताललाई भारतका उत्कृष्ट १० अस्पतालहरूमा निरन्तर रूपमा स्थान दिएको छ।
Facebook Comment
Comment