आफैसँग विवाह गर्दै एक भारतीय युवती

नेपालभ्युज

आफैसँग विवाह गर्दै एक भारतीय युवती

एजेन्सी। आफूले आफैसँग विवाह गर्ने चलन पश्चिमा देशका लागि नौलो होइन। भारतमा पनि यो चलन बढ्दै जान थालेपछि त्यहाँका मानिसले यसलाई आपत्तिका विषय बनाएका छन्। आफैले आफूसँग विवाह गर्ने चलनलाई सोलोग्यामी भनिन्छ।

काश्मा विन्दु एक भारतीय युवती हुन्। उनले ११ जुनमा पश्चिम गुजरात राज्यमा पर्ने वरोडा मन्दिरमा विवाह गर्दैछिन् हिन्दु परम्परा अनुसार।

विवाहमा उनी दुलहीले लगाउने रातो पहिरनमा सजिने छिन्। हातमा मेहेंदी लगाउनेछिन्, सिउँदो सिन्दुरले सजाउँदैछिन्। अग्नीमा उनले सात फेरो लगाउने छिन्। उनको विवाहको अघिल्लो दिन हल्दी कार्यक्रम हुनेछ। हल्दी कार्यक्रममा बेसारमा तोरीको तेल मिसाएर विवाहको तयारीमा रहेका व्यक्तिलाई लगाउने भारतीय चलन हो। विवाह समारोपछि उनी दुई हप्ताका लागि गोवा ‘हनिमुन’ जाँदैछिन्।

उनको विवाह कार्यक्रममा हिन्दु परम्पराका सबै प्रक्रिया पूरा हुनेछन्। त्यसमा एउटा मात्रै कमी रहनेछ त्यो हो दुलाह। यो किन भने काश्मा विन्दुले कुनै युवासँग नभई आफैसँग विवाह गर्दैछिन्। सायद यो भारतमा नै पहिलो विवाह हुनेछ जहाँ एक युवतीले कुनै युवासँग नभई स्वंयम आफूसँग विवाह गर्नेछिन्।

‘धेरै मानिसहरु म राम्रो जीवन साथी हुनसक्ने बताउँछन्,’ २४ वर्षिय समाजशास्त्रकी विद्यार्थी र ब्लगर विन्दु ‘आफू आफ्नै राम्रो साथी हुनेछ,ु’ भन्दै अरुलाई बताउने गरेको उनी बताउँछिन्।

आफूसँग आफैले विवाह गरेर आफ्नो जीवन ‘स्व प्रेम’ मा बिताउने उनी बताउँछिन्।

‘आफैसँग विवाह गर्नु भनेको आफैसँग रहने प्रतिबद्धता जायर गर्नु हो’ उनी भन्छिन्। यसरी उनले आफूले चाहेको हिसाबले जीवन यापन गर्नसक्ने, आफ्नो हिसाबले जीवन चलाउन सक्ने, आफैसँग धेरै खुशी हुनसक्ने उनको राय छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved