कैलालीमा नागरिक उन्मुक्ति पार्टीलाई जिसस प्रमुख

नेपालभ्युज

कैलालीमा नागरिक उन्मुक्ति पार्टीलाई जिसस प्रमुख

धनगढी। कैलाली जिल्लामा जिल्ला समन्वय समिति नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा बन्ने भएको छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँगको सहकार्यमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तिले जिसस प्रमुख पाउने भएको हो। प्रमुखसँगै उन्मुक्ति पार्टीले थप दुई सदस्य लिने सहमति बिहीबार भएको छ।

यस्तै एमालले उपप्रमुख र एक सदस्य पाउने सहमति भएको एमाले कैलालीका सचिव डेजी पाण्डेयले बताए। माओवादीले चार जना समन्वय समितिका सदस्य पाउने भएको छ।

१३ स्थानीय तह रहेको कैलालीमा जिसस बनाउन १४ जना प्रमुख र उपप्रमुख आवश्यक हुन्छ।

नागरिक उन्मुक्ति, एमाले र माओवादी मिल्दा १६ जना पुग्छन्। कैलालीमा नागरिक उन्मुक्तिले चार प्रमुख र तीन उपप्रमुख जितेको छ। एमालेले दुई प्रमुख र तीन उपप्रमुख जितेको छ। यस्तै माओवादीले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ।

यस्तै गरी कांग्रेसले तीन प्रमुख र पाँच उपप्रमुख जितेको छ। एकीकृत समाजवादी र स्वतन्त्रले १/१ प्रमुख जितेको छन्।

कैलालीमा कांग्रेस, माओवादी र समाजवादी मिलेर स्थानीय तह चुनाव लडेका थिए। जिल्लामा यसअघि एमालेले प्रमुख, उपप्रमुख र बहुमत सदस्यसहित जिसस बनाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved