भाजपा प्रवेश गर्दै हार्दिक पटेलले भने – पार्टीको सिपाही भएर काम गर्छुँ

नेपालभ्युज

भाजपा प्रवेश गर्दै हार्दिक पटेलले भने – पार्टीको सिपाही भएर काम गर्छुँ

नयाँ दिल्ली। दुई साताअघि भारतीय राष्ट्रिय कंग्रेस पार्टीबाट राजीनामा दिएका हार्दिक पटेल भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका छन्।

आज बिहान भारतीय प्रधानमन्त्री तथा भाजपाका संसदीय दल अध्यक्ष नरेन्द्र मोदीको प्रशंसा गर्दै भाजपा प्रवेश गर्ने औपचारिक जानकारी दिएका पटेलले पटेलले ट्वीट गर्दै आफू भाजपाको सानो सिपाहीको रूपमा काम गर्ने बताएका छन्।

बिहीबार बिहान ट्विट गर्दै हार्दिकले भनेका छन्, ‘राष्ट्रीय हित, राज्यको हित, जनहित र सामाजिक हितको भावनाका साथ म आजबाट नयाँ अध्याय सुरु गर्न लागेको छु। भारतका सफल प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीको नेतृत्वमा राष्ट्र सेवाको काममा म सानो सिपाहीको रूपमा काम गर्नेछु।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved