यी हलिउड अभिनेता, जसले पूर्वश्रीमतीबाट लिए १५ मिलियन डलर क्षतिपूर्ति

अदालतले पूर्वपत्नीको मानहानी गरेको भन्दै परेको दुई ओटा मुद्दामा जोनीलाई सफाइ दिएको छ।

नेपालभ्युज

यी हलिउड अभिनेता, जसले पूर्वश्रीमतीबाट लिए १५ मिलियन डलर क्षतिपूर्ति

काठमाडौं। हलिउड अभिनेता जोनी डेपले आफ्नी पूर्वपत्नी एम्बर हर्डविरुद्धको मानहानी मुद्दा जितेका छन् । साथै उनले पूर्वपत्नी एम्बर हर्डबाट १५ मिलियन डलर क्षतिपूर्ति पनि पाउने भएका छन्।

अदालतले जोनीको पक्षमा फैसला गर्दै उनले मानहानीवापत पूर्वपत्नीबाट १० मिलियन क्षतिपूर्ति पाउने आदेश दिएको छ। यस्तै, पूर्वपत्नी हर्डले दण्डको रुपमा थप पाँच मिलियन तिर्नुपर्ने आदेशमा उल्लेख छ।

अदालतले पूर्वपत्नीको मानहानी गरेको भन्दै परेको दुई ओटा मुद्दामा जोनीलाई सफाइ दिएको छ। तर, तेस्रो मुद्दामा भने जोनीका वकिलले उनकी पूर्वपत्नीको मानहानी गरेको भन्दै दुई मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

पाइरेट्स अफ द क्यारिबियन्स फिल्मबाट चर्चित अभिनेता जोनीले विभिन्न फिल्म र सिरिजमा अभिनय गरेका छन्। उनी तीन पटकसम्म ओस्कारका लागि मनोनित समेत भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved