भारतीय गायक केकेको कन्सर्ट सकेलगत्तै निधन

प्रस्तुति सकेर होटलमा आउनसाथ स्वास्थ्यमा थप समस्या देखिएपछि केकेलाई कलकत्ताकै मेडिकल रिसर्च इन्स्टिच्युट अस्पताल लगिएको थियो।

नेपालभ्युज

भारतीय गायक केकेको कन्सर्ट सकेलगत्तै निधन

काठमाडौं। केकेको नामबाट चिनिने भारतीय गायक कृष्णकुमार कुन्नथको निधन भएको छ। गएराति हृदयघातबाट उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हिजो (मंगलबार) साँझ कलकत्तामा सांगीतिक प्रस्तुति दिइसकेपछि अस्वस्थ भएका ५३ वर्षीय केकेको उपचारको क्रममा निधन भएको हो। नजरुल मञ्चमा गुरुदास कलेजको एक कार्यक्रममा उनले प्रस्तुति दिइरहेका थिए।

प्रस्तुति सकेर होटलमा आउनसाथ स्वास्थ्यमा थप समस्या देखिएपछि केकेलाई कलकत्ताकै मेडिकल रिसर्च इन्स्टिच्युट अस्पताल लगिएको थियो।

तर, अस्पाताल पुर्‍याउनासाथ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। उनको मृत्युको कारणबारे विस्तृत जानकारी भने सार्वजनिक भएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved