सुनको मूल्य ताेलामा दुई सयले वृद्धि

आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि भएको छ।

नेपालभ्युज

सुनको मूल्य ताेलामा दुई सयले वृद्धि

काठमाडौं। आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि भएको छ।

सोमबार छापावाल सुन प्रतितोला ९८ हजार दुई सय र तेजाबी सुन प्रतितोला ९७ हजार सात सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९७ हजार पाँचसय तोकिएको थियो।

महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला पाँच रुपैयाँले बढेको छ। आइतबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार २८५ रुपैयाँ तोकिएको महासंघले जनाएकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved