आजको मौसम- विभिन्न क्षेत्रमा आइतबार बिहानैदेखि वर्षा

नेपालभ्युज

आजको मौसम- विभिन्न क्षेत्रमा आइतबार बिहानैदेखि वर्षा

काठमाडौं। देशका तीन प्रदेशका विभिन्न क्षेत्रमा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। आइतबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ।

विभागका अनुसार यी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved