आईपीएल क्रिकेट : राजस्थान फाइनलमा, गुजरातसँग उपाधि भिडन्त

राजस्थानले अब उपाधिका लागि गुजरात टाइटान्ससँग खेल्नेछ। राजस्थान पहिलो क्वालिफायर खेलमा गुजरातसँग नै पराजित भएको थियो।

नेपालभ्युज

आईपीएल क्रिकेट : राजस्थान फाइनलमा, गुजरातसँग उपाधि भिडन्त

काठमाडौं। रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल प्रवेश गरेको छ।

गएराति भएको दोस्रो क्वालिफायरमा बैंगलोरलाई ७ विकेटले हराउँदै राजस्थानले उपाधि भिडन्त पक्का गरेको हो।

राजस्थानले अब उपाधिका लागि गुजरात टाइटान्ससँग खेल्नेछ। राजस्थान पहिलो क्वालिफायर खेलमा गुजरातसँग नै पराजित भएको थियो।

अहमदाबादमा गएराति बैंगलोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा मात्रै ३ विकेट गुमाएर पूरा गर्यो। उसका लागि जोस बट्लरले शानदार पारी खेले।

बट्लरले अविजित रहँदै १०६ रन बनाए। कप्तान सन्जु सामसनले २३ तथा याशभी जैशवालले २१ रन बनाए। पडिक्कल ९ रनमा आउट हुँदा शिम्रन हिटमेयर २ रनमा अविजित रहे।

त्यसअघि, पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उसका लागि रजत पटिदारले ५८ रनको अर्धशतकीय इनिङ खेले।

कप्तान फाप डू प्लेसिसले २५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए। साहबाज अहमेद १२ रनमा नटआउट रहे।

राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले ३÷३ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved