बुद्धको जहाजले छाडेको लोकशरी १८ घण्टाको एम्बुलेन्स यात्रापछि काठमाडौंमा, उपचार शुरु

बुद्ध एयरले अलपत्र छाडेर आएको जलेकी महिला लोकशरी कुँवरको उपचार शुरु भएको छ। अमानवीय हर्कतको सिकार भएकी उनको बारेमा नेपालभ्यूजले समाचार प्रकाशन गरेलगतै जुटेका सहयोगीहरूले उनको उपचार शुरु गरेका हुन।

नेपालभ्युज

बुद्धको जहाजले छाडेको लोकशरी १८ घण्टाको एम्बुलेन्स यात्रापछि काठमाडौंमा, उपचार शुरु

काठमाडौं। बुद्ध एयरले अलपत्र छाडेर आएको जलेकी महिला लोकशरी कुँवरको उपचार शुरु भएको छ। अमानवीय हर्कतको सिकार भएकी उनको बारेमा नेपालभ्यूजले समाचार प्रकाशन गरेलगतै जुटेका सहयोगीहरूले उनको उपचार शुरु गरेका हुन्।

बाजुरा बुढिगंगा नगरपालिका १० की २३ वर्षकी लोकशरी आगोले जलेर घाइते भएकी थिइन्। उनी उपचरको लागि काठमाडौं आउने क्रममा बुधबार राति बुद्ध एयरले धनगढी विमानस्थलमा पाँच घण्टा कुराएर यत्तिकै छाडेर आएको थियो।

बुद्ध एयरले छाडेपछि ३६ हजार रुपैयाँ तिरेर एम्बुलेन्समा काठमाडौं ल्याइएको लोकशरीको पाटन अस्पतालमा उपचार थालिएको हो। उनलाई बिहीबार साँझ पाटन अस्पताल पुर्‍याइएको हो। जहाजमा एक घण्टामा आइपुग्ने उनी १८ घण्टा लगाएर एम्बुलेन्समार्फत काठमाडाैं आइपुगेकी हुन्।

बुद्ध एयरले छाडेपछि ३६ हजार रुपैयाँ तिरेर एम्बुलेन्समा काठमाडौं ल्याइएको लोकशरीको पाटन अस्पतालमा उपचार थालिएको हो। जहाजमा एक घण्टामा आइपुग्ने उनी १८ घण्टा लगाएर एम्बुलेन्समार्फत काठमाडाैं आइपुगेकी हुन्।

आगोले ४३ प्रतिशत भाग जलेको लोकशरीलाई नयाँ जीवन दिनको लागी उपचारमा दुई वटा संस्था खटिएका छन्। मेडिकल रिह्याबिलिटेशन अर्गनाईजेशन र बर्न भाइलेन्स सरर्भायर नेपाल (बिभीएस नेपाल)ले सहयोग गरिरहेको छ।

लोकशरीको पहिलो अप्रेसन शुक्रबार भएको मेडिकल रिह्याबिलिटेशन अर्गनाईजेशनका अध्यक्ष संम्राट सिंह बस्नेतले बताए। ‘‘विभिन्न समाचार माध्यममा समाचार हेरेर घटनाबारे थाहा पायौँ। आर्थिक अवस्था कमजोर भएको र त्यसमा पनि सबैतिरबाट तिरस्कृत देखिएकाले हामीले उपचार शुरु गरेका हौँ,’’ अध्यक्ष बस्नेतले नेपालले भने, ‘‘सबै मेडिकल खर्चहरू बर्न भाइलेन्स सरर्भायर नेपालले बेर्होनेछ। बिरामी र आफन्तको खान बस्न, पिजिओथेरापी तथा फलोअप खर्च, नर्सिङ खर्चहरू हामीले बेहोर्नेछौँ, मेडिकल रिह्याबिलिटेशन अर्गनाईजेशनका अध्यक्ष संम्राट सिंहले भने। ’’

लोकशरीको उपचारको लागि सहयोग गर्न चाहनेलेहरुले आफ्नो संस्थामा सम्पर्क गर्न सक्ने उनले बताए।

बुद्ध एयरको ‘अमानवीय हर्कत’ : जलेकी महिलालाई ५ घण्टा कुरायो, तर, जहाजमा लैजान मानेन

सहयोगी हातहरू जुट्दै, यी हुन् सहयोग गर्नेहरू

लोकशरीलाई काठमाडौं ल्याउन युवा संघ बाजुराका अध्यक्ष पुष्कर शाह, अछामको बयलपाटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी छत्र साउद र पत्रकार प्रकाश सिंहले सहयोग गरेका थिए।

यस्तै गैरसरकारी संस्था महासंघ बाजुराका अध्यक्ष तथा गिफ्ट नेपालका प्रबन्धक कृष्ण अधिकारीले ५ हजार, बुढिगंगा १० का समाजसेवी अमर रावलले २ हजार ५ सय, स्वास्थ्यकर्मी तथा समाजसेवी झरेन्द्र सिंहले जन्मदिनको अवसरमा २ हजार १ सय ११, एमालेका नेता रामबहादुर बानियाँले ५ हजार, व्यापारी तथा एमाले नेता हंसबहादुर सिंहले ५ हजार, एमाले बाजुरा बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थाहा सहवीरले ५ हजार, बाजुरा बुढीगंगा एमाले वडा नम्बर १० वडा अध्यक्ष उम्मेदवार डेभिड क्षेत्रीले ५ हजार र सुरज रावलले १ हजार सहयोग गरेका छन् ।

लोकशरीलाई बयलपाटा अस्पतालदेखि धनगढीहुँदै काठमाडाैंसम्म ल्याउन एम्बुलेन्स व्यवस्थापन तथा सहजीकरण बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाहले गरेका हुन्। बयलपाटा अस्पतालका चिकित्सक डां. मन्दिप पाठक, स्वास्थ्यकर्मी छत्र साउद, युवा संघ बाजुराका अध्यक्ष पुष्कर शाहले लोकशरीको उपचारमा सहयोग गरिरहेका छन्।

कहिले यात्रुमाथिको व्यवहार त कहिले विभिन्न असुरक्षाका घटनाबाट चर्चामा रहने बुद्ध एयरले आगोले जलेकी लोकशरीलाई बोक्न नमान्दा फेरि आलोचित बनेको छ। तत्कालै अस्पताल पुर्‍याउनुपर्ने अवस्थाको घाइतेलाई पाँच घण्टा विमानस्थलमा कुराएर छाडेर उडेपछि विरोध भइरहेको छ।

बाजुरा बुढीगंगाकी लोकशरी अछामको बयलपाटा अस्पतालमा उपचाररत थिइन्। बयलपाटा अस्पताले उपचार सम्भव नभएको भन्दै काठमाडौं रिफर गरेको थियो। बुधबार राति बुद्ध एयरले धनगढी विमानस्थलमा पाँच उनलाई घण्टा कुराएर यत्तिकै छाडेर आएको थियो। उनको उपचारको लागि ढिला हुँदा अवस्था जटिल बनेको श्रीमान् एकेन्द्र कुँवर बताए।

कहिले यात्रुमाथिको व्यवहार त कहिले विभिन्न असुरक्षाका घटनाबाट चर्चामा रहने बुद्ध एयरले फेरि आगोले जलेकी लोकशरीलाई बोक्न नमान्दा आलोचित बनेको छ। तत्कालै अस्पताल पुर्‍याउनुपर्ने अवस्थाको घाइतेलाई पाँच घण्टा विमानस्थलमा कुराएर छाडेर उडेपछि विरोध भइरहेको छ।

हवाई उडानको सेवा घाइतेको उद्धारको लागि पहिलो प्राथमिकतामा हुनुपर्ने हो। त्यो मान्यता विपरीत बुद्धले भने इमर्जेन्सी उपचार पाउनुपर्ने घाइतेलाई पाँच घण्टा कुराएर अमानवीय ढङ्गबाट छाडेर हिँडे पछि आलोचना भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved