आयल निगम डिपोमा भएको आगलागी नियन्त्रण

नेपालभ्युज

आयल निगम डिपोमा भएको आगलागी नियन्त्रण
सांकेतिक तस्वीर।

बुटवल। नेपाल आयल निगमको भलवाडीस्थित डिपोमा आज लागेको आगो नियन्त्रणमा आएको छ। बिहान ११ः४०  बजे तेल खनाउने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा लागलागी भएको थियो।

आगलागीबाट लु २ ख २६५६ नम्बरको ट्यांकर पूर्णरूपमा क्षति भएको र अर्कोमा आंशिक क्षति पुगेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

आगलागीबाट ट्यांकरका दुई जना सामान्य घाइते भएकोसमेत उनले बताए। घाइतेमध्येका एक सहयोगी तिलोत्तमा नगरपालिका–९ का १८ वर्षीय विजेश चौधरीको हात र खुट्टा जलेको र उनको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको छ।

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयल निगमको दमकलले आगो नियन्त्रणमा लिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved