६ नेपाली क्रिकेटरलाई भारतीय कम्पनीको प्रायोजन

नेपालभ्युज

६ नेपाली क्रिकेटरलाई भारतीय कम्पनीको प्रायोजन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ’ज्याप क्रिकेट’ ले प्रायोजन गरेको छ।

नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेसहित विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलगायत युवा क्रिकेटरहरू सुनिल धमला, भीम सार्की, देव खनाल र आदील अन्सारीलाई ज्यापले एक वर्षका लागि खेल सामग्री प्रायोजन गरेको हो।

सम्झौतापछि खेलाडीहरूले खेल्ने सबैखाले प्रतियोगितामा ज्यापको ब्याटलगायत अन्य सामग्री प्रयोग गर्नेछन्। बुधबार काठमाडौँमा आयोजित कार्यक्रम माझ ज्यापका संस्थापक सीईओ भव्य भारद्वाज र क्रिकेटरहरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा कप्तान सन्दीप लामिछानेले ज्याप क्रिकेटको सामग्रीहरू स्तरीय रहेको बताउँदै युवा क्रिकेटरलाई पनि प्रायोजन गरेकोमा धन्यवाद व्यक्त गरे। सम्झौता कार्यक्रममा ज्याप क्रिकेटका सीईओ भारद्वाजले आगामी दिनमा अन्य क्रिकेटरहरूलाई समेत प्रायोजन गर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved