प्रदेश नं १ को बजेट अधिवेशन १६ जेठमा आह्वान

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गरेका हुन्।

नेपालभ्युज

प्रदेश नं १ को बजेट अधिवेशन १६ जेठमा आह्वान

विराटनगर। प्रदेश नं १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन यही १६ जेठ सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ।

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गरेका हुन्।

खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम उक्त दिन अधिवेशन आह्वान गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन आह्वान सम्बन्धि सूचना उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved