सरकारसँग वार्ता गर्न नेकपा (बहुमत)ले बनायो टोली, आगामी १ फागुनमा महाधिवेशन गर्ने (निर्णयसहित)

महाधिवेशन आयोजक समितिको बैठकले १ फागुनमा महाधिवेशन उद्घाटन गर्ने निर्णय गरेको प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शनले विज्ञप्तिमार्फत जनाएका छन्।

नेपालभ्युज

सरकारसँग वार्ता गर्न नेकपा (बहुमत)ले बनायो टोली, आगामी १ फागुनमा महाधिवेशन गर्ने (निर्णयसहित)

कठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको पार्टी फुटेर बनेको नेकपा (बहुमत)ले आगामी १ फागुनमा महाधिवेशन उद्घाटन गर्ने भएको छ।

महाधिवेशन आयोजक समितिको बैठकले १ फागुनमा महाधिवेशन उद्घाटन गर्ने निर्णय गरेको प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शनले विज्ञप्तिमार्फत जनाएका छन्।

पार्टी संयोजक धर्मेन्द्र बास्तोला कञ्चनको अध्यक्षतामा ६–९ जेठमा काभ्रेको बनेपामा बसेको बैठकले महाधिवेशन उद्घाटनसहित विभिन्न ६ निर्णयहरु गरेको सुदर्शनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेकपा (बहुमत)ले विभिन्न मुद्दामा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइका लागि सरकारसँग वार्ता गर्नका लागि सुदर्शनको नेतृत्वमा चार सदस्यीय वार्ता टोली पनि गठन गरेका छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved