काठमाडौं। चितवनको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम टुंगोमा पुर्याउन सरकारले समन्वय गर्ने भएको छ। मंगलबार सरकारको निति दथा कार्यक्रम राष्ट्रपति विधा देवी भण्डारीले यस मैदानको काम सक्न समन्वय र सहजिकरण गरिने बताएकी छन्।
त्यस्तै प्रत्येक प्रदेशमा कम्तीमा एउटा प्रशिक्षण सुविधासहितको रंगशाला निर्माण गर्दै जाने नीति पनि सरकारको रहेको छ।
सरकारको नीति तथा कार्यक्रममा आधारभूत राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण प्रतियोगिता आयोजना गरी खेलाडीको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरिने बताइएको छ। खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण तथा खेलमा सहभागी हुने अवसर उपलब्ध गराइनेछ।
त्यसैगरी मापदण्ड बनाइ खेलाडीलाई पुरस्कार तथा भत्ता, बीमा र आकस्मिक सहयोगलगायत प्रोत्साहनको व्यवस्था पनि गरिने सरकारको योजना छ।
Facebook Comment
Comment