आमाको हत्या अभियोगमा छोरा पक्राउ

आफ्नै आमाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

नेपालभ्युज

आमाको हत्या अभियोगमा छोरा पक्राउ
सांकेतिक तस्वीर

सुनसरी। आफ्नै आमाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

४२ बर्षीया शान्त सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ बर्षीय सौगात सुवेदी पक्राउ परेका हुन्।

हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन्।

उनको विराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। आमाको मृत्युपछि सौगातलाई मंगलबार दिउँसो पक्राउ गरी अनुसन्धान शुरु गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved