गौरीगञ्ज गाउँपालिका : अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी, दुवै महिला

गाउँपालिका अध्यक्षमा कांग्रेसबाट उम्मेदवार रहेकी फूलवती राजवंशी विजयी भएकी छन्। उपाध्यक्षमा भने एमाले उम्मेदवार पुजन न्यौपाने कुँवर निर्वाचित भइन्। यससँगै गाउँपालिकाको दुवै पदको नेतृत्वमा महिला पुगेका हुन्।

नेपालभ्युज

गौरीगञ्ज गाउँपालिका : अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी, दुवै महिला

दमक। झापाको गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै महिला निर्वाचित भएका हुन्।

गाउँपालिका अध्यक्षमा कांग्रेसबाट उम्मेदवार रहेकी फूलवती राजवंशी विजयी भएकी छन्। उपाध्यक्षमा भने एमाले उम्मेदवार पुजन न्यौपाने कुँवर निर्वाचित भइन्। यससँगै गाउँपालिकाको दुवै पदको नेतृत्वमा महिला पुगेका हुन्।

अन्तिम मत परिणाममा अध्यक्षमा निर्वाचित राजवंशीले ५ हजार ६८९ मत पाइन्। उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार विजयकुमार अग्रवाल ३ हजार ३३० मत मात्रै पाए।

यस्तै, गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकी कुँवरले ४ हजार ७५५ मत पाएर विजयी भइन्। उनका प्रतिस्पर्धी कांग्रेसका मखना महतोलले ३ हजार ७९५ मत पाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved