गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रमा कांग्रेसका भगवान् अधिकारी झन्डै दोब्बर मतान्तरले विजयी

बेथानचोक गाउँपालिकामा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भगवान् अधिकारी अत्यधिक मतसहित अध्यक्षमा विजयी भएका छन्।

नेपालभ्युज

गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रमा कांग्रेसका भगवान् अधिकारी झन्डै दोब्बर मतान्तरले विजयी

काठमाडौं। काभ्रेको बेथानचोक गाउँपालिकामा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भगवान् अधिकारी अत्यधिक मतसहित अध्यक्षमा विजयी भएका छन्। बेथानचोक गाउँपालिका काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पर्छ, जहाँबाट २०७४ सालमा गोकुल बाँस्कोटा निर्वाचित भएका थिए।

खसेको १० हजार ७ सय ३४ मतमध्ये अधिकारीले ६ हजार ०१९ मत ल्याए। उनका निकटतम् प्रतिस्पर्धी एमालेका कमलप्रसाद तिमल्सिनाले ३१ सय ६० मत ल्याए।

उपाध्यक्षमा माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार रहेकी तारा राना तिमल्सिना ४४९८ मतसहित विजयी भइन्। एमालेकी सरला केसीले ३५७३ मत ल्याइन्।

गाउँपालिकामा ३२ सदस्यमध्ये एमालेले एउटा मात्रै सदस्य जित्यो। वडा ३ मा एमालेले एउटा सदस्य जिते पनि वडाध्यक्ष र तीन सदस्य कांग्रेसले जित्यो। १,२, ४ र ६ मा कांग्रेसको प्यानलै विजयी भयो। त्यसै गरी वडा ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा वडाध्यक्षमा विजयी भए। यस वडामा कांग्रेसका दुई तथा स्वतन्त्रबाट दुईजना सदस्य निर्वाचित भए।

पत्रकारितामा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका अधिकारी लामो समयदेखि राजनीतिमा सक्रिय छन्। काभ्रेमा कांग्रेसका आशालाग्दा नेता मानिने उनी केही समय प्राध्यापन पेशामा बिताएका थिए। विद्यार्थी आन्दोलनका चर्चित अनुहार उनी नेविसंघको पूर्वकेन्द्रीय सदस्य तथा नेविसंघ काभ्रेको पूर्वजिल्ला सभापतिका रूपमा कार्यकाल सम्हालिसकेका थिए। अधिकारी कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved