कालिकोटको रास्कोट नगरपालिकामा माओवादी केन्द्रका शाही विजयी

रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार धर्मराज शाही विजयी भएका छन्।

नेपालभ्युज

कालिकोटको रास्कोट नगरपालिकामा माओवादी केन्द्रका शाही विजयी

सुर्खेत। कालिकोटको रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार धर्मराज शाही विजयी भएका छन्।

शाहीले ३ हजार ४७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दयाराम सिंम्खडाले २ हजार ११७ मत ल्याएका थिए।

नगरपालिकाको उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का मनिराज बराल विजयी भएका छन्।

बरालले २ हजार ८०९ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले १ हजार ३०१ मत ल्याएकी थिइन्।

रास्कोट नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved