खजुरा गाउँपालिकाकाे अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस निर्वाचित

नेपालभ्युज

खजुरा गाउँपालिकाकाे अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस निर्वाचित

नेपालगञ्ज। बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन्।

गठबन्धनकाे तर्फबाट नेकपा (माओवादी केन्द्र) का डम्बर विक अध्यक्ष पदमा १० हजार ७९० मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले नौ हजार १३७ मत पाए।

नेपाली कांग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष पदमा १० हजार ३४ मत ल्याएर निर्वाचित भइन्। निकटतम प्रतिद्वन्द्वी एमालेकी ताजरुन निशाले आठ हजार ९१ मत ल्याइन्।

वि.सं २०७४ को स्थानीय निर्वाचनमा उक्त गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको थियो। आठ वडा रहेको सो गाउँपालिकामा माओवादी केन्द्रले पाँच, कांग्रेसले दुई र एमालेले एक वडामात्रै जितेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved