‘हाम्रो पार्टीलाई धेरैले हेप्थे, तर जनताले रुचाए’

‘‘हाम्रो एजेण्डा जनताले रुचाएका छन् भन्ने स्थानीय निर्वाचनले पुष्टि गरेको छ’’, नेता पुनले भने

नेपालभ्युज

‘हाम्रो पार्टीलाई धेरैले हेप्थे, तर जनताले रुचाए’
फाइल फोटो

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले पार्टीलाई दलहरुले हेपेपनि नागरिकले भने एजेण्डा रुचाएकाे दाबी गरेका छन्। बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा नेता पुनले भने माओवादी केन्द्र निर्णायक शक्ति भएकाे बताए।

‘‘धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे । तर हामी निर्णायक शक्ति हौँ। हाम्रो एजेण्डा जनताले रुचाएका छन् भन्ने स्थानीय निर्वाचनले पुष्टि गरेको छ’’, उनले भने, ‘‘अपेक्षा यो भन्दा अझ राम्रो थियो, तर हाम्रो कतिपय ठाउँमा उम्मेदवार, आन्तरिक मतभेदहरु मिलाउन सकेनाैँ।’’

उनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताए। नेता पुनले स्थानीय तह निर्वाचनमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको उल्लेख गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved