लेखराज भट्टका भाइ मेयरमा पराजित, कांग्रेसका वीरेन्द्र विजयी

यसअघि २०७४ को निर्वाचनमा गोदावरी नगरपालिकामा मेयर र उपमेयर दुवै एमालेले जितेको थियो।

नेपालभ्युज

लेखराज भट्टका भाइ मेयरमा पराजित, कांग्रेसका वीरेन्द्र विजयी
लेखराजका भाइ गोकर्ण

कैलाली। नेकपा एमालेका सचिव लेखराज भट्टका सहोदर भाइ मेयरमा पराजित भएका छन्। कैलालीको गोदावरी नगरपालिकाको मेयरमा लेखराजका भाइ एमालेका गोकर्ण भट्टलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वीरेन्द्र भट्ट निर्वाचित भए।

मेयरमा विजयी नेपाली कांग्रेसका वीरेन्द्र भट्ट

वीरेन्द्रले १५ हजार ५०१ मत प्राप्त गरेकोमा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका गोकर्णले ११ हजार २२४ मत पाए।

त्यस्तै, उपमेयरमा भने एमालेकी शारदा रोकाया विजयी भइन्। उनी नेकपा एकीकृत समाजवादी पार्टीकी रत्ना कडायतलाई हराउँदै उपमेयरमा विजयी भएकी हुन्।

रोकायाले १० हजार ६ सय ७० मत प्राप्त गरिन्। कडायतले ९ हजार ९ सय ८३ मत प्राप्त गरिन्। उनी निवर्तमान उपप्रमुख पनि हुन्।

यसअघि २०७४ को निर्वाचनमा गोदावरी नगरपालिकामा मेयर र उपमेयर दुवै एमालेले जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved