रुकुम पश्चिम। रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का रवि केसी विजयी भएका छन्।
सात हजार ३९९ मत ल्याएर प्रमुखमा केसी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र कुमार बटालाले ६ हजार ६१५ मत पाए भने नेकपा एमालेका कृष्णा कुमारी मल्लले १९९ मत प्राप्त गरिन्।
उपप्रमुखमा पनि माओवादी केन्द्रले नै जित हात पारेको छ। सात हजार २६७ मत ल्याएर उपप्रमुखमा धनकुमारी शाही निर्वाचित भएकी हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिनेश चन्दले ६ हजार २६८ मत पाए।
रुकुम पश्चिमका ६ वटा पालिकाहरुमध्ये चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिका माओवादी केन्द्र विजयी भएको छ । नेपाली कांग्रेसले बाँफिकोट गाउँपालिका जितेको छ। मुसिकोट नगरपालिकाको परिणाम भने आउन बाँकी छ।
Facebook Comment
Comment