मुगुको खत्याड गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

तीन हजार पाँच सय २१ मतसहित अध्यक्षमा माओवादी केन्द्रका अजबहादुर शाही विजयी भएका हुन्।

नेपालभ्युज

मुगुको खत्याड गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

सुर्खेत। मुगुको खत्याड गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन्।

तीन हजार पाँच सय २१ मतसहित अध्यक्षमा माओवादी केन्द्रका अजबहादुर शाही विजयी भएका हुन्। उनी ९०० को मतान्तरले विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका लालबहादुर मल्लले दुई हजार ६ सय २१ पत प्राप्त गरेका थिए।

उपाध्यक्षमा नेपाली कांग्रेसले जित हात पारेको छ। उपाध्यक्षमा कांग्रेसबाट उम्मेदवारी दिएकी सरिता रोकायाले चार हजार पाँच सय ४८ मत ल्याएर विजयी भइन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कविता गिरिले दुई हजार ४ सय ९९ मत प्राप्त गरेकी छ्न्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved