नलगाडको मेयरमा माओवादीकाे फराकिलो जित

नेपालभ्युज

नलगाडको मेयरमा माओवादीकाे फराकिलो जित

जाजरकोट। जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) ले फराकिलो मतान्तरले जित हासिल गरेको छ।

एक हजार ९७३ मतान्तरले प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीलाई पराजित गर्दै मेयरमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत मेयरमा निर्वाचित भएका हुन्। रावतले पाँच हजार ५९९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका शाहीले तीन हजार ६२६ मत प्राप्त गरे।

उपमेयरमा भने नेपाली कांग्रेसकी सुरिता सिंह पाँच हजार ४०६ मतसहित विजयी भएकी छिन्। उनले पाँच हजार ३९३ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी सुनिता बोहराले तीन हजार ३९३ मत प्राप्त गरेकी छिन्।

नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved