एमाले झापा अध्यक्ष दीपक कार्कीको वडामा पार्टीकै बागीले जिते वडाध्यक्ष

नेपालभ्युज

एमाले झापा अध्यक्ष दीपक कार्कीको वडामा पार्टीकै बागीले जिते वडाध्यक्ष

काठमाडौं। झापाको गौरादह नगरपालिका–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार दिलीपकुमार भण्डारी विजयी भएका छन्। एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।

यो एमाले झापा अध्यक्ष संविधानसभा सदस्य दीपक कार्कीको वडा हो। एमाले नेता तथा प्रदेश १ का पूर्वयोजनामन्त्री हिक्मत कार्की पनि यही वडाका हुन्।

स्वतन्त्र निर्वाति भण्डारीले १०४७ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गजेन्द्र घिमिरेले ५८७ मत पाए। त्यस्तै माओवादी केन्द्रका शेरबहादुर कार्कीले ४९४ मत प्राप्त गरे।

यस्तै झापाका झापा गाउँपालिका ३ र बाह्रदशी गाउँपालिका ४ मा ‘बागी’ उम्मेदवारहरू विजयी भएका छन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved