मोदीको लुम्बिनी भ्रमणले बुद्धको जन्मस्थललाई विश्वमा परिचित गराउँछ : देउवा

नेपालभ्युज

मोदीको लुम्बिनी भ्रमणले बुद्धको जन्मस्थललाई विश्वमा परिचित गराउँछ : देउवा

काठमाडौं।  प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले गौतम बुद्धको जन्मस्थललाई विश्वमा परिचित गराउन थप मद्दत पुगेको बताएका छन्।

बुद्ध जयन्तीको अवसरमा भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि लुम्बिनी पुगेका प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले लुम्बिनीमा पर्यटकको संख्या बढ्ने बताए।

‘‘भारतका प्रधानमन्त्री श्री मोदीजीको यस भ्रमणले भगवान् बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वमा थप परिचित गराउन मद्दत गर्नेछ,” उनले भने, ‘‘उहाँको यस भ्रमणले लुम्बिनीमा पर्यटकको संख्या बढ्नेछ।”

मोदीले नेपालमा गरेका भ्रमणले दुई देशका नागरिकबीच सांस्कृतिक सम्बन्ध बढ्ने उनको भनाइ थियो। मोदीले नेपालका पशुपतिनाथ मन्दिर, जनकपुर, मुक्तिनाथ भ्रमण गरेको र अहिले लुम्बिनी भ्रमणमा आएका कारण यसले नेपाल र भारतको सांस्कृतिक सम्बन्ध बढेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved