धाँधली भयो भन्ने एमालेको विज्ञप्तिप्रति पार्टीभित्रै असन्तुष्टि

नेपालभ्युज

धाँधली भयो भन्ने एमालेको विज्ञप्तिप्रति पार्टीभित्रै असन्तुष्टि

काठमाडौं। नेकपा (एमाले) ले सत्ता गठबन्धनले स्थानीय निर्वाचनमा धाँधली गरेको आरोप लगाएको छ। आइतबार एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्ति नै निकालेर गठबन्धनले निर्वाचनअघि, निर्वाचनको क्रममा र मतगणनाका क्रममासमेत धाँधली जारी रहेको एमालेको आरोप छ।

विज्ञप्ति नै निकालेर धाँधली भएको आरोप लगाएपछि एमालेभित्रै उक्त अभिव्यक्तिको आलोचना हुन थालेको छ। पार्टीभित्रका नेताहरूले आपत्ति जनाउन थालेका छन्। एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले विज्ञप्तिमाथि आपत्ति जनाएका छन्।

उनले लेखेका छन्, ‘‘हार्ने गोरूको छेर्ने दाउ जस्तो कुरा नगरौं। हारबाट सिकौं र जीतबाट नमात्तिऔँ, उज्यालो भविष्यले हामीलाई पर्खेर बसेकै छ। एक दिन जितेरै देखाउनेछौं।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved