उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादीका राई निर्वाचित

नेपालभ्युज

उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादीका राई निर्वाचित

काठमाडौं। उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता मेजरकुमार राई विजयी भएका छन्।

दुई हजार ५१ मतसहित गाउँपालिका अध्यक्षमा राई निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकुमार राईले एक हजार ५८९ मत प्राप्त गरे।

उपाध्यक्षमा भने कांग्रेसले जित हासिल गरेको छ। नेपाली कांग्रेसका पुष्पलाल राई एक हजार ९३३ मतसहित उपाध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी देव कुमारी कार्कीले एक हजार ७३ मत प्राप्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved