निर्वाचनको काम नसकिँदै उदयपुरका मुख्य निर्वाचन अधिकृतले दिए राजीनामा

नेपालभ्युज

निर्वाचनको काम नसकिँदै उदयपुरका मुख्य निर्वाचन अधिकृतले दिए राजीनामा

काठमाडौं। उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले निर्वाचनको काम नसकिँदै राजीनामा दिएका छन्।

उनले आफ्नो स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका हुन्। शनिबार कार्यालयको काम गरिरहेको बेला स्वास्थ्यमा समस्या भएर उनी बेहोस भएको सहायक निर्वाचन अधिकृत दिलिप मगरले बताए। स्वास्थ्यमा समस्या आएपछि उनले निर्वाचन आयोगमा राजीनामा लेखी पठाएको उनले जानकारी दिए।

उदयपुरको त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा विवाद भएकाे थियाे। विवादपछि जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो।

स्थगित गरिएको ठाउँमा मतदान गर्न नसक्ने भन्दै मुख्य निर्वाचन अधिकृतले आयोग समक्ष राजीनामा दिएका हुन्।

कटारी नगरपालिका वडा नम्बर १० मा पनि विवाद सिर्जना भएकाे थियाे। त्यहाँ प्रहरीको गोली लागेर १ जना युवाको मृत्यु भएकाे थियाे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved