विराटनगर। मोरङको उर्लाबारीमा नेकपा (एमाले)ले अग्रता लिएको छ।
दिउँसो ४ बजेको प्राप्त परिणाम अनुसार १ हजार १०२ मत गणना गर्दा उर्लाबारीको प्रमुखमा नेकपा एमालेले ४२५ मत प्राप्त गरी अग्रता लिएको छ। उर्लाबारीमा नेपाली कांग्रेसले २८७, नेकपा (एकीकृत समाजवादी) ले १७०, राप्रपाले ४४ र मंगोल नेशनल अर्गनाइजेशनले २३ र स्वतन्त्र उम्मेदवारले २ मत प्राप्त गरेको छ।
यस्तै उर्लाबारीको उपप्रमुखमा पनि नेकपा एमालेले ४४३ मत प्राप्त गरी अग्रता लिएको छ। एमालेपछि नेपाली कांग्रेसले २६५, नेकपा माओवादीले ९१, राप्रपाले ५७, मंगोल नेशनल अर्गनाइजेशनले ३२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १२ र स्वतन्त्रले २ मत प्राप्त गरेको छ।
शुक्रबार भएको मतदानमा उर्लाबारीमा कुल २९ हजार २३५ मत खसेको थियो। जम्मा मतदानहरु मध्ये ६६।०३ प्रतिशतले मतदान गरेका थिए।
Facebook Comment
Comment