इन्डियन प्रिमियर लिग- मुम्बईसँग चेन्नाई ५ विकेटले पराजित

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै मुम्बई इन्डियन्सले तेस्रो जित दर्ता गरेको छ।

नेपालभ्युज

इन्डियन प्रिमियर लिग- मुम्बईसँग चेन्नाई ५ विकेटले पराजित

काठमाडौं। इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै मुम्बई इन्डियन्सले तेस्रो जित दर्ता गरेको छ।

बिहीबार राति भएको खेलमा मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो। १२ मध्य तेस्रो जित दर्ता गरेको मुम्बईले ६ अंक जोड्दै तालिकाको पुछारमा आफूलाई राखेको छ।

मुम्बई र चेन्नाईको प्लेअफ पुग्ने सम्भावना पनि सकिएको छ। ९८ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बईले १४ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो। मुम्बईलाई जिताउनका रोहित शर्माले १८ रन बनाएका थिए।

यसैगरी इशान किशन ६ रनमा आउट हुँदा हार्थिक सोकेन १८ रन बनाएर पभेलियन फर्किए। तिलक बर्मा ३४ तथा टिम डेभिड १६ रनमा नटआउट रहे। मुकेश चौधरीले ३ विकेट लिए। पहिला ब्याटिङ गरेको चेन्नाईले १६ ओभरमा जम्मा ९७ रन बनाएको थियो।

चेन्नाईका लागि कप्तान महेन्द्र सिंह धोनीले नटआउट ३६ रन बनाए। इता ड्वान ब्राभोले १२ रन बनाएका थिए। यसैगरी शिबम दुवे र अम्बाती रायडूले समान १०–१० रन बनाएका थिए।

मुकेश चौधरीले ४ तथा समरजित सिंहले २ रन बनाउँदा ऋतुराज गायकवाडले ७ रनको पारि खेलेका थिए। डेभोन कोनवे, महेश टिकासन र मोइन अलीले खाता खोल्न सकेनन् भने रविन उथप्पाले १ रन जोडेका थिए। चेन्नाईलाई सस्तैमा समेट्न डेनियल साम्सले ३ विकेट लिँदा रेलि मेडिथ र कुमार कार्तिकेयले दुई दुई विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved