एक सातामा पाँच लाखले छाडे काठमाडौं

नेपालभ्युज

एक सातामा पाँच लाखले छाडे काठमाडौं
तस्वीर : विप्लव रेग्मी

काठमाडौं। शुक्रबार हुने स्थानीय निर्वाचनका लागि घर फर्किनेको  संख्या बढेको छ। स्थानीय चुनावका लागि पछिल्लो एक सातामा काठमाडौं छाड्नेको संख्या ५ लाख नाघेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

बिहीबार पनि घर फर्किने सर्वासाधारणहरुको भीड देखिएको छ। भोट हाल्न जानेको सङ्ख्या बढेसँगै काठमाण्डौं उपत्यकामा चहलपहल कम भएको छ । पछिल्लो समय अधिकांश मतदाता राजनीतिक दलले व्यवस्था गरेको यातायातका साधनबाट गाउँ फर्किएका छन् भने कतिपय भाडाका सवारीसाधन र निजी गाडीमासमेत गइरहेका देखिएका छन् ।

मत हाल्ने दिन सरकारले सार्वजनिक बिदा दिएको, अर्को दिन शनिबार परेको र जेठदेखि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयअनुसार आइतबार र सोमबारसमेत बिदा परेकाले पनि नागरिकहरु केही दिनको छुट्टी लिएरै गाउँ फर्किएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved