काठमाडौं। डिजिटल भुक्तानी प्रदायक वालेट माई पेले संचालनमा आएको छोटो समयमै एक लाखभन्दा बढी ग्राहक संख्या पुर्याएको छ। गत २५ कात्तिकदेखि औपचारिक सेवा सुरु गरेको माई २७ पेले वैशाखमा प्ले स्टोरमा एक लाख प्रयोगकर्ता पुर्याएको बताएको हो।
कम्पनीका अनुसार हाल माई पेसँग एनरोएड र आइओएस गरी जम्मा १ लाख २५ हजार प्रयोगकर्ता रहेको छन्।
माई पे मार्फत विभिन्न सेवाहरू मोबाइल मार्फत नै डिजिटल भुक्तानी गर्न सकिन्छ र प्रयागकर्ताहरूलाई विभिन्न आकर्षक योजनाहरू ल्याइरहेको कम्पनीले बताएको छ।
हाल माई पे मार्फत केवाईसी भेरिफाइ गरी पहिलो कारोबार गर्दा २५५ सम्म अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिन्छ। यसका अलवा हाल केवाईसी भेरिफाइ गरी मासिक एक हजारको कारोबारमा रु १ लाखसम्मको दुर्घटना बिमा सुविधा दिँदै आएको बताएको छ।
Facebook Comment
Comment