सुरक्षाका लागि सशस्त्र प्रहरीको नियन्त्रणमा परे गाउँपालिकाको अध्यक्षका उम्मेदवार

जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए।

नेपालभ्युज

सुरक्षाका लागि सशस्त्र प्रहरीको नियन्त्रणमा परे गाउँपालिकाको अध्यक्षका उम्मेदवार

मङ्गलबारे। नेकपा एमाले सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयबासीले नियन्त्रणमा लिएका छन्।

सन्दकपुर–५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयको भनाइ छ।

उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ।

मौन अवधिमा प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयबासीले होहल्ला गर्दै खेदाउन खोजेपछि सुरक्षाका लागि दुवैजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए।

मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयबासीहरुले विरोध गरेका थिए।

आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत उनीहरुले माग गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved