सर्वदलीय बैठकबाटै हतियारसहित पक्राउ परे कांग्रेस प्रतिनिधि

नेपालभ्युज

सर्वदलीय बैठकबाटै हतियारसहित पक्राउ परे कांग्रेस प्रतिनिधि

गोरखा। गोरखामा सत्तारुढ नेपाली कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन्। सर्वदलीय बैठकस्थलबाटै कांग्रेस प्रतिनिधि पक्राउ परेका हुन्।

गण्डकी गाउँपालिकाबाट कांग्रेसका प्रतिनिधि बनेर निर्वाचन अधिकृतको कार्यालय पुगेका मनोज गुरुङ हतियारसहित पक्राउ परेका हुन्। उनलाई बिहान ११ बजे पक्राउ गरिएको प्रहरी चौकी, घ्याल्चोकले जनाएको छ।

सर्वदलीय बैठकका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका गुरुङको झोलामा खुकुरी फेला परेको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved