अमेरिकी गुप्तचर निकायको रिपोर्ट– पुटिन युक्रेनमा लामो युद्धको तयारी छन्

पूर्वी युक्रेनमा जित हासिल गरे पनि त्यहाँ द्वन्द्व अन्त्य नहुने सम्भावना रहेको उनीहरुले बताएका छन्।

नेपालभ्युज

अमेरिकी गुप्तचर निकायको रिपोर्ट– पुटिन युक्रेनमा लामो युद्धको तयारी छन्
राष्ट्रपति भ्लादिमिर पुटिन

काठमाडौं। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लामो युद्धको तयारी गरिरहेको अमेरिकी गुप्तचर अधिकारीहरूले चेतावनी दिएका छन्। पूर्वी युक्रेनमा जित हासिल गरे पनि त्यहाँ द्वन्द्व अन्त्य नहुने सम्भावना रहेको उनीहरुले बताएका छन्।

युक्रेनले राजधानी किभ कब्जा गर्ने रूसी प्रयासको प्रतिरोध गरेपछि मस्कोले डोनबास क्षेत्रतर्फ आफ्ना सेनालाई पुनः केन्द्रित गरेको छ। त्यहाँ रूसी सेनाले गतिरोधको सामना गरिरहेको पनि अमेरिकी गुप्तचर अधिकारीहरुले दाब िगरेका छन्।

अमेरिकी सिनेटको एउटा समितिमा गुप्तचर संयन्त्रका राष्ट्रिय निर्देशक एभ्रिल हेन्सले डोनबास क्षेत्रभन्दा बाहिरका लक्ष्यहरू हासिल गर्न रूसले चाहेको तर रूसी परम्परागत सैन्य क्षमता र महत्वाकांक्षाबीच बेमेल देखिएको दाबी गरिन्।

युक्रेनमा ईयू र अमेरिकाले दिइरहेको सहयोगको पनि रूसी राष्ट्रपतिले मूल्याङ्कन गरिरहेको उनले बताएकी छन्। जसका कारण जारी युद्धमा रूस थप कडा र कठोर बन्नसक्ने उनको दाबी छ।

युक्रेनले पूर्वोत्तरको खार्किभ क्षेत्रका चारओटा बस्तीहरू पछिल्लो समय पुनः आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सफलताले रूसी सेनालाई बिस्तारै खार्किभबाट लखेटेको दाबी गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved