बेलायतले युक्रेनलाई थप १.६ बिलियन डलर सहायता दिने

बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री लिज ट्रसको दबाबपछि सुनकले थप सहायता दिएको द सन्डे टाइम्सले जनाएको छ।

नेपालभ्युज

बेलायतले युक्रेनलाई थप १.६ बिलियन डलर सहायता दिने

एजेन्सी। बेलायती अर्थमन्त्री ऋषि सुनकले किभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर)को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिएका छन्।

द सन्डे टाइम्सले उल्लेख लेखेअनुसार बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहयोग दिन लागेको हो।

यो रकम ट्रेजरीको आपतकालीन कोषबाट लिइने र युक्रेनलाई बेलायतको विद्यमान १.५ बिलियन पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिने जनाइएको छ।

बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री लिज ट्रसको दबाबपछि सुनकले थप सहायता दिएको द सन्डे टाइम्सले जनाएको छ।

डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर) ले युक्रेनी उत्तेजनाहरू विरुद्ध आफ्नो रक्षा गर्न मद्दतको लागि अपील गरेपछि रूसले गत २४ फेब्रुअरीमा युक्रेनमा आफ्नो विशेष सैन्य अपरेशन शुरु गरेको थियो।

रूसले आफ्नो विशेष अपरेशनको उद्देश्य युक्रेनलाई निशस्त्रीकरण गर्नु रहेको बताएको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार डोनबासका जनतालाई जोगाउने लक्ष्य रहेको छ, जो आठ वर्षदेखि कीभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको शिकार भएका छन्।

रूसको कारबाहीको जवाफमा पश्चिमी देशहरूले मस्कोविरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् र युक्रेनलाई हतियार आपूर्ति गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved