पहिरोका कारण अवरुद्ध सडक खुल्यो

तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करीब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो।

नेपालभ्युज

पहिरोका कारण अवरुद्ध सडक खुल्यो
फाइल तस्बिर

चितवन। पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करीब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेदेखि सञ्चालनमा आएको हो।

पहिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट एक–एकओटा जेसीभी प्रयोग गरिएको थियो।

पहिरो हटाएसँगै अलपत्र परेका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved