भरतपुरमा कांग्रेस र माओवादी अंगमाल गर्दा कर्णालीमा कुटाकुट

रुकुम पश्चिमको चौरजहारी र त्रिवेणीमा भएको झडपमा परी कांग्रेसका आठ र माओवादी केन्द्रका दुई कार्यकर्ता घाइते भएका छन्।

भरतपुरमा कांग्रेस र माओवादी अंगमाल गर्दा कर्णालीमा कुटाकुट

सुर्खेत। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत दुवै दलका शीर्ष नेताहरु बिहीबार चितवनको भरतपुरमा गठबन्धन दललाई विजयी गर्नुपर्ने बताउँदै गर्दा कर्णालीको रुकुमपश्चिम र कालिकोटमा नेपाली कांग्रेस र माओवादी कार्यक्रताबीच कुटाकुट भएका खबरहरु छन्।

भरतपुरमा गठबन्धन जिताउनु पर्ने कांग्रेसका शीर्ष नेताहरुले बताउँदै गर्दा रुकुमपश्चिमको चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा कांग्रेस र माओवादीका कार्यक्रताहरुले कुटाकुट गरेका हुन्।

कालिकोटका रास्कोट नगरपालिका– ५ वडा सदस्यमा उम्मेदवार रत्नमान रोकायामाथि कांग्रेसका युवाहरुले आक्रमण गरेर घाइते बनाएका छन्। बिहीबार राति चुनाव प्रचारप्रसार गरेर घर फर्कँदै गर्दा कांग्रेसका कार्यक्रताहरुले उनीमाथि आक्रमण गरेको थिए।

रोकायाको टाउकोमा फलामको रडले हानेर रगताम्य बनाएको स्थानीय रामबहादुर बमले जानकारी दिए। उनीमाथि आक्रमण गर्ने दुई जना कांग्रेसका कार्यक्रतालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रास्कोट स्युनाले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिएका युवाहरुको नाम खुलाएको छैन।

रुकुम पश्चिमको चौरजहारी र त्रिवेणीमा भएको झडपमा परी कांग्रेसका आठ र माओवादी केन्द्रका दुई कार्यकर्ता घाइते भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved