यी हुन् अन्तर्दृष्टि पुरस्कार छनोटका मापदण्ड

प्रमाणपत्रसहित १० हजार राशिको ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’का लागि अहिले सामग्रीहरु संकलन जारी रहेको समितिले जनाएको छ।

नेपालभ्युज

काठमाडौं। अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार समितिले पुरस्कारका लागि छनोटको मापदण्ड सार्वजनिक गरेको छ। डा. कमल लामिछानेद्वारा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’को छनोट प्रक्रियाका लागि प्रक्रिया चलिरहेको समितिले जनाएको छ।

अपांगताप्रति समाजको विद्यमान नकारात्मक, यदाकदा पूर्वाग्रही र विभेदपूर्ण धारणा र सोचमा परिवर्तन ल्याउन सकियोस् र आइसोलेसनको पर्खालको सट्टा समताको पुल निर्माण गरी सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न सकियोस् भन्ने अभिप्रायले पुरस्कारको स्थापना भएको बताए।

समितिका अनुसार ‘अन्तर्दृष्टि नमूना शिक्षक’ तथा ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’का लागि समावेशी शिक्षा सञ्चालित देशभरका विद्यालयमा विद्यार्थीसँग सर्वेक्षण भइरहेको छ।

प्रमाणपत्रसहित १० हजार राशिको ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’का लागि अहिले सामग्रीहरु संकलन जारी रहेको समितिले जनाएको छ।

यी हुन् छनोटका मापदण्ड
१) सामग्री २०७७ कात्तिक १ देखि २०७८ असोज मसान्तभित्र प्रकाशित र प्रसारित हुनुपर्नेछ।
२) अपाङ्गता क्षेत्रमा सकारात्मक र उत्प्रेरणामूलक विषयमा आधारित भई सामग्री लेखिएको हुनुपर्नेछ।
३) रेडियो र टेलिभिजनको हकमा आफ्नो कार्यक्रममा रिपोर्ट र अन्तर्वार्ताको माध्यमबाट अपाङ्गतासम्बन्धी विषय प्रसारण गरेको हुनुपर्नेछ।
४) यसरी प्रकाशित या प्रसारित सामग्री कम्तीमा दुई ओटा हुनुपर्नेछ। तर विगतका वर्षमा समेत अपांगता क्षेत्रमा सामग्री प्रसारण र प्रकाशन गर्दै आएका पत्रकारका हकमा भने एउटा मात्रै सामग्री भए पनि मापदण्डमा समावेश गरिनेछ।
५) अपाङ्गताको सवालमा नवीनता र सिर्जनशीलता प्रयोग भएका सामग्रीलाई प्राथमिकता दिइनेछ।
६) अपाङ्गता भएका व्यक्तिहरूको मर्यादामा ठेस पुग्ने गरी प्रकाशित र प्रसारित सामग्रीलाई मापदण्डमा समावेश गरिनेछैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved