सुनिता डंगोलको बाचा : महिनावारी भएका बेला बिदा दिलाउन पहल गर्छु (भिडिओ)
नेपालभ्युज
काठमाडौं। काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले)बाट उपमेयरको उम्मेदवार दिएकी सुनिता डंगोलले आफूले चुनाव जिते श्रमिक महिलालाई कार्यस्थलमा सुरक्षित तरिकाले काम गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले महिला र पुरुषबीच ज्यालामा हुने विभेद हटाउने समेत बताइन्।
श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा डंगोलले महिनावारी भएका बेला कार्यालयमा बिदा दिलाउन पहल गर्ने पनि बाचासमेत गरिन्। “महिनावारीको पीडा महिलाबाहेक पुरुषले राम्रोसँग बुझ्दैनन्। महिनावारीमा बिदा दिनका लागि हामी नीतिरकार्यक्रम अघि सार्नेछौँ। साथै कार्यस्थलमा महिलाहरू सुरक्षित महसुस गर्नुपर्छ। त्यसका लागि वातावरण बनाउने छौँ,” उनले भनिन्।
डंगोलले युवाको आवाज बुझेर एमालेले आफूलाई उपमेयरको उम्मेदवार बनाएको बताइन्। उनले फेरि एमालेका अध्यक्ष प्रधानमन्त्री बन्नुपर्ने बताइन्।
Facebook Comment
Comment