जिम्बावे ‘ए’लाई नेपालको एक सय ८२ रनको लक्ष्य

नेपालभ्युज

जिम्बावे ‘ए’लाई नेपालको एक सय ८२ रनको लक्ष्य

काठमाडौं। पहिलो टी-ट्वान्टी म्याचमा नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बावे ‘ए’लाई गतिलो लक्ष्य दिएको छ। त्रिवि खेल मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओ‌भरमा पाँच विकेट गुमाउँदै एक सय ८१ रनको योगफल तयार पार्‍यो।

नेपालका लागि विष्फोटक ब्याटिङ गरेका आदिल अन्सारीले मात्र २७ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ४७ रनको योगदान दिए।

त्यसैगरी ओपनर कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३६  र दीपेन्द्रसिंह ऐरीले २८ रन जोडेका थिए। नेपालले जिम्बावे ‘ए’सँग तीन म्याचको टी-ट्वान्टी सिरिज खेलिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved