एमाले अध्यक्ष ओली आज हेटौँडा जाँदै

३० वैशाखमा हुने निर्वाचन लक्षित गर्दै चुनाव प्रचार व्यापक बनाएको एमालेले आज मकवानपुरको हेटौँडामा आमसभा गर्दैछ।

नेपालभ्युज

एमाले अध्यक्ष ओली आज हेटौँडा जाँदै

काठमाडौं। ३० वैशाखमा हुने निर्वाचन लक्षित गर्दै चुनाव प्रचार व्यापक बनाएको एमालेले आज मकवानपुरको हेटौँडामा आमसभा गर्दैछ। हुप्राचौरमा हुने आमसभालाई संवाेधन गर्न  एमाले अध्यक्ष केपी शर्मा ओली जाँदैछन्।

स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ओलीले सम्बोधन गर्नेछन्। आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्तासहित ४० हजार भन्दा बढीको सहभागिता रहने दाबी गरिएको छ।

आमसभाको सम्पूर्ण तयारी सकिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए। हेटौँडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल ¥याली गरी हुप्राचौरमा आमसभा गरिने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved